Logo
८ बैशाख २०८१, शनिबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम बिस्फोटमा परि इरानमा ३ जनाको मृत्यु

तेहरान : प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान-बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो ।

यी समूहले इरान-पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्