Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जका दुई मेडिकलमा आगलागी हुँदा रु.१ करोडको क्षति

नेपालगञ्‍ज : गएराति नेपालगञ्जका दुई मेडिकलमा आगलागी हुँदा करीब १ करोड बराबरको क्षति भएको छ । नेपालगञ्ज मेडिकल कलेजको प्रवेशद्वार नजिकै रहेका माया र सफा मेडिकल हलमा गएराती दश बजे आगो लागेको हो ।

दमकल र प्रहरीले आगो दुई घण्टापछि निभाएका थिए । बिजुली तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ । आगलागीबाट झण्डै एक करोडको क्षति भएको छ।

मेडिकल सञ्चालकले दिएको जानकारी अनुसार, सफा मेडिकलमा ४० लाख र माया मेडिकल हलमा ५० लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा सटर बन्द थिए।

बन्द सटरमा एक्कासी आगो लागेपछि छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए। दमकल र प्रहरीले आगो निभाएका थिए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्