Logo
६ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तनाव, लापरवाहीको आरोप लगाउँदै शव बुझ्न अस्वीकार

माेरङ : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बुधबार दिनभर विराटनगरको नोबेल शिक्षण अस्पताल तनावपूर्ण बन्यो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेर होहल्ला गर्दै प्रदर्शन गर्न थालेपछि स्थिती तनावग्रस्त बनेको हो ।

झापाको बिर्तामोड नगरपालिका ५ का ६५ बर्षीय लक्ष्मीप्रसाद शर्माको नोबेलमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै शव बुझन् नमानिकन आफन्त आन्दोलित बनेका थिए । मृतकका छोरा अजय शर्माले उच्च रक्तचापले बुवा लडेपछि तत्काल उपचारका लागि बित्र्ता सिटी अस्पताल पु¥याएको र त्यहाँबाट नोबेल अस्पताल रेफर गरेपछि नोबेलमा मंसिर १ गते भर्ना गराएको बताए ।

नोबेल अस्पतालका चिकित्सकले ब्रेन ह्याम्रेज भएको भन्दै तत्काल बुवाको टाउकोको शल्यक्रिया गरेको अजयको भनाइ छ ।शल्यक्रियापछि ११ दिनसम्म आइसियूमा राखेर तीन दिन न्यूरो रिह्याबमा राख्दा बुवाको स्वास्थ्य अबस्था निकै सुधार भएको र चिकित्सकहरुले घर लग्न सल्लाह दिएको उनको भनाइ छ । बुवालाई घर लग्ने तयारी गर्दै चिकित्सकले आईसियूमा लागेर राख्न सल्लाह दिएको र पछि मृत्त घोषणा गरेको अजयले बताए ।

उनले अस्पतालका स्वास्थ्यकर्मीहरुले आवश्यक्ता भन्दा बढी औषधि खरिद गर्न लगाएको र औषधि पसलले खरिदै नगरेको औषधिको समेत बिल बनाएर जबरजस्ती पैसा माग्ने गरेको बताए । ‘हामी आक्रोसित बनेपछि अस्पताल प्रशासनले गल्ती भएको भनेर माफी मागेको छ,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि गल्ती स्वीकार गरेका छन् ।’

उपचारको नाममा जबरजस्ती पैसा कमाउन बिरामीलाई मृत्युको मुखमा पु¥याउने चिकित्सक र अस्पताल प्रशासनलाई कारवाहीको माग गर्दै आफन्तले प्रदर्शन गरेका थिए । प्रदर्शन सुरु भए लगत्तै सुरक्षा व्यवस्था कडा पारिएको थियो । मृतकका आफन्तले शव बुझ्न नमानेपछि बुधबार अस्पताल प्रशासन र मृतकका परिवारका सदस्यबीच बार्ता भएको थियो ।

बार्ताका क्रममा मृतकका परिवारले अस्पताललाई तिर्नु पर्ने ९१ हजार रुपैयाँ मिनाहा गरिदिने र औषधि बापतको ४० हजार रुपैयाँ अस्पतालले तिरिदिने सहमती भएको अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले बताए । सहमतिपछि मृतकका आफन्तले शव जिम्मा लिएका छन् । दाहालले उपचारका क्रममा चिकित्सकले कुनै लापरवाही नगरेको बताए ।

उनले लापरबाहीले बिरामीको मृत्यु भयो भन्नु गलत कुरो भएको बताए । अस्पतालमा बिरामीको सक्दो राम्ररी उपचार गरेर पठाउने अस्पतालको नीति रहेको र त्यही अनुसार चिकित्सकहरुले काम गरिरहेको उनको दावी छ । दाहालले ब्रेन ह्याम्रेज भएको बिरामीलाई अस्पतालका चिकित्सकहरुले सम्पूर्ण शक्ति लगाएर बचाउने प्रयास गर्दा गर्दै मृत्यु भएकोले यसलाई अन्यथा लिन नहुने बताए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्