Logo
७ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा जारी टेस्ट क्रिकेटमा भारतको सुरुवात नै खराब

अस्ट्रेलियाको एडिलेडमा जारी टेस्ट क्रिकेटमा भारतको सुरुवात खराब बन्यो । पहिलो टेस्ट अन्तर्गत टस जितेर ब्याटिङ्ग थालेको भ्रमण टोली भारतका लागि सुरुवात खराब रह्यो ।

भारतको ६ विकेट गएको छ । दुई ओपनर लोकेश राहुल र मुरली विजयीसहित कप्तान विराट कोहली, अजिन्क्या रहाणे, रोहित शर्मा र ऋषभ पन्त आउट भएका छन् ।

आउट भएका मध्ये सबै भन्दा कम रन केएल राहुल र कप्तान कोहलीको छ । राहुलले ८ बलमा २ तथा कोहलीले १६ बलमा ३ रन बनाए । यस्तै मुरली विजयले २२ बलमा ११, रहाणेले ३१ बलमा १३, शर्माले ६१ बलमा ३७ तथा पन्तले ३८ बलमा २५ रन बनाए ।

पिचमा चेतेश्वर पूजारा र रविचन्द्रन आश्विन छन् । चार टेस्टको शृङ्खला अन्तर्गत पहिलो टेस्ट बिहीबार सुरु भएको हो । भारतीय टिमले अहिलेसम्म अस्ट्रेलियाको भूमिमा कुनै पनि टेस्ट शृङ्खला जितेको छैन ।

विराट कोहलीले आफ्नो कप्तानीमा जित निकालेर इतिहास बनाउने अपेक्षा छ तर पहिलो टेस्टको पहिलो पारीमा उनको ब्याट चलेन ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्