Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको निजि तथा संस्थागत विद्यालयमा चिनियाँ भाषाको विषय पढाउने तयारी

काठमाडाैँ : केन्द्रिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् ।

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उहाँले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल-चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए ।

उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उनको भनाइ थियो ।

भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पु¥याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताए ।

उनले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिनुभयो । नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजीक बन्दै गएको उनको भनाइ छ।

भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे सुनाएका थिए । नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन् ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्