Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोगमा फरार रहेका जनकपुरका महन्त काठमाडौंमा पक्राउ

जनकपुरधाम : जनकपुरस्थित लाखौं मुल्य बराबरको जग्गा कीर्ते जालसाजी गरी बेचेको अभियोगमा फरार रहेका रतनसागर मठका महन्त बैकुण्ठ दास काठमाडौंबाट पक्राउ परेका छन् ।

अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा कमलपोखरीबाट पक्राउ गरिएको एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

अदालतले गत शुक्रबार उनी विरूद्द पक्राउ पुर्जी जारी गरेपछि उनी फरार रहेका थिए ।

हजारी जनक संस्कृत विद्यापीठका महन्थ दासले नक्कली लालपुर्जा बनाएर जग्गा बेचेपछि एक व्यक्तिले आफ्नो जग्गा रहेको दाबी गर्दै अदालतमा मुद्दा परेपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा रेजा आलमलाई ४० लाख रुपैयाँमा बेचेका थिए ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्