Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा पनि ‘सरकार भेटियो न्याय भेटिएन’ अभियान

बुटवल : कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय माग्दै बुटवलमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ अभियान सुरू भएको छ । नेपाल विद्यार्थी संघले बुधबार बुटवलमा पोष्टर टांग्दै प्रदर्शन गरेको छ । निर्मलाको तस्वीरसहित ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोष्टरहरु बुटवलको ट्राफिकचोकदेखि राजमार्ग चौराहासम्म सडकका डिभाइडरमा टाँसेर नेविसंघले प्रदर्शन गरेको छ ।

नेविसंघका कार्यकर्तासँगै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण,जिल्ला नेता हरि न्यौपाने, क्षेत्र नं २ का सभापति हरि लम्साललगायतका नेताहरु पनि सडकका भित्तामा पोष्टर टांग्न हिंडेका थिए । उनीहरुले सार्वजनिक सवारी साधनमा समेत पोष्टर टांगेका छन् ।

प्रदर्शनपछि पुष्पलालचोकमा आयोजित कोणसभामा बोल्दै कांग्रेस रुपन्देहीका सचिव खाँणले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले बचाउने प्रयास गरेको आरोप लगाउँदै कारवाहीको दायरामा ल्याउन दवाव दिन सडकमा उत्रिनुपरेको बताए । काठमाडौंमा टांगिएका यस्तै पोष्टर प्रहरीले च्यातिदिएपछि युवा समूहलगायतले स्टिकर बनाएर टाँस्न थालेका छन् ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्