Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारी तौल भएको स्‍याटालाइट प्रक्षेपण गर्न भारत सफल, अब हुनेछ हाइस्पीड इन्टरनेट

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले बुधबार बिहान सबैभन्दा गह्रुँगो उपग्रह (स्‍याटालाइट) जीएसएटी-११ प्रक्षेपण गरेको छ। उक्त उपग्रहलाई दक्षिण अमेरिकाका फ्रेन्च गुयाना स्पेश सेन्टरको माध्‍यमबाट पठाइएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ। इसरोका अनुसार उक्त जी जीएसएटी-११ को तौलत ५ हजार ८ सय ५४ किलोग्राम रहेको छ। यो उपग्रह अहिलेसम्‍मकै सबैभन्दा भारी भएको इसरोले दाबी गरेको छ।

यो जियोस्टेशनरी स्‍याटालाइटले पृथ्वीको सतहमा ३६ हजा किलोमिटर माथिबाट कक्षमा रहनेछ। यो स्‍याटालाइट यति ठूलो छ की यसको हरेक सोलार प्‍यानल चार मिटरभन्दा धेरै लामो रहेको छ, जुन एउटा सेडान कार बराबर रहेको छ। जीएसएटी-११मा केयू ब्‍याण्ड र केए ब्‍याण्ड फ्रिक्वेन्सीमा करीब ४० ट्रान्सपोन्डर हुन्छ जसले १४ गीगाबाइट/सेकेण्डसम्‍मको डेटालाई टान्सफर स्पीडसँग
कनेक्टिभीटी दिन सक्‍नेछ।

के हो जीएसएटी-११ भू-उपग्रह ?
जानिफकार विज्ञान तथा प्रविधि पत्रकार पल्लव बागला भन्छन्, ‘ जीएसएटी-११ धेरै अर्थमा विशेष छ। यो भारतमा बनाइएको अहिेसम्‍मकै सबैभन्दा धेरै तौल भएको उपग्रह हो।’ तर धेरै तौल भएको स्‍याट्यालाइटको अर्थ के हो भने धेरै दमदार र लामो समयसम्‍म टिक्‍न सक्‍ने क्षमता भएको उपग्रह हो।

बागलाका अनुसार अहिलेसम्‍म बनेको सबै स्‍याटालाइटमा सबैभन्दा धेरै ब्‍याण्डविथ लैजाने उपग्रह हुनेछ। र यसले पुरै भारतमा इन्टरनेटको पहुँचता अब सुविधा हुनेछ। यसअघि यसलाई अमेरिका समेत पठाइएको थियो। तर पछि फेरि परीक्षणको लागि भारत नै ल्‍याइयो।

के इन्टरनेटमा स्पीड बढ्छ ?
पल्लव बागलाले भनेका छन् इसरोसँग करीब चार टन तौल भएको स्‍याटालाइटलाई पठाउने हुन्छ तर जीएसएटी-११को तौल करीब ६ टन रहेको छ। अब यसलाई कसरी पठाउने भन्‍नेमा अप्ठेरो थियो। तर जब सोच्‍न थालियो र सेमी क्रायोजेनिक इन्जिन तयार पारेर पठाउन सकिन्छ। त्‍यसपछि रकेटमै यसलाई बनाएर पठाइयो जसोतसो।

तर अब आउने दिनमा भने यही सेमी क्रायोजेनिक इन्जिन छुट्टै बनाएर पठाइनेछ, चार टनभन्दा बढीको भूउपग्रहलाई। यसले इन्टरनेट स्पीडमा तीव्रता ल्‍याउनेछ किनकी यसले अप्टिकल फाइबरसँग मिल्‍ने क्षमता राख्दछ। यसका साथै यसले स्‍याटालाइट कभरेजको तवरमा भने धेरै नै फाइदाजनक हुनेछ। टाढाटाढाको क्षेत्रमा यसले इन्टरेनट प्रदान गर्नेछ जहाँ अप्टिकल फाइबर हुने छैन।

 

जीएसएटी-११ किन थन्काइएको थियो ?
पहिले जीएसएटी-११लाई मार्च-अप्रिल महिनामै पठाउनु पर्ने थियो। तर जीएसएटी-६ए मिशनमा असफलता भएपछि यसलाई केही समयको लागि थन्काएर राखिएको थियो। २९ मार्चमा पठाइएको जीएसएटी-६एले आफ्‍नो सिग्‍नल देखाउन छोडेपछि इलेक्ट्रोनिक सर्किटमा धेरै नै गडबडी भएको थियो।

उनीहरुलाई जीएसएटी-११ पठाएमा त्‍यसमा पनि समस्‍या आउन सक्छ। यसकारण यसलाई पठाउनबाट रोकिएको थियो। यसपछि धेरै परीक्षणहरु गिरियो। त्‍यसपछि बल्ल थाहा भयो की सबै सिष्टम ठीकै रहेछ भनेर । बागलाले भनेका छन्, ‘ पाँच डिसेम्बरमा भारतीय समय अनुसार २ बजेर ८ मिनेटमा यसलाई पठाइनेछ।आज बुधबार विहानै सफलतापूर्वक पठाइएको छ। ‘
विशेष कुरा के छ भने इसरोले भारी तौल उठाउने रकेट जीएसएलभी-३ चार टन तौल उठाउन सक्छ। चार टनभन्दा धेरै तौल भएको इसरोको पेलोड प्रेन्च गायानामे युरोपियन स्पेशपोर्टबाट पठाइएको छ।

कसरी काम गर्नेछ यो स्‍याटालाइटले ?
यसका साथै यसको एउटा अझै फाइदा हुनेछ भारतलाई। जब कुनै फाइबरको समस्‍या आउँछ, त्‍यतिबेला पुरै इन्टरनेट बन्‍द हुने छैन। किनकी स्‍याटालाइटबाट इन्टरनेट कनेक्शन रही नै रहनेछ। इन्टरनेट स्पीडमा कुनै पनि परिवर्तन हुनेछ।

जीएसएटी-३ लन्चरको तौललाई उठाउने क्षमतामा द्रूत रुपमा काम गर्नेछ। जीएसएटी-११ खासमा उच्च गतिको कम्‍युनिकेशन गर्न सक्‍ने स्याटालाइट(हाइ-थ्रुपुट) हो।यसको उद्देश्‍य नै भारतको मुख्‍य क्षेत्र तथा आसपासमा मल्टीस्पट वृहत रुपमा इन्टरनेट पुर्‍याउनु हो ।

यसले सबै क्षेत्रमा मल्टीपल रुपमा काम गरेपछि इन्टरनेटको स्पीड स्वत: चौगुणा बढेर जानेछ। स्पट बीम माइन सिग्नल एउटा यस्तो स्‍याटालाइट हो जसले खास भौलिक क्षेत्रमा फोकस हुनेछ र बीम जति पालतो हुन्छ, त्‍यति धेरै शक्तिशाली हुनेछ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्