Logo
१२ बैशाख २०८१, बुधबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कपिलवस्तुको तिलौराकोट : पुष्पकमल दाहाल

भैरहवा : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी कपिलवस्तुको तिलौराकोट राख्दा आपत्ति जनाउन नपर्ने बताएका छन् ।

१० औं कपिलवस्तु महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष दाहालले मंगलबार कपिलवस्तुमा प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति जनाइरहन नपर्ने बताएका हुन्।

उनले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति हुन नहुने बताए। यद्यपि प्रदेश नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्ने वाचा भने गर्न नसक्ने दाहालले बताए।

‘साँच्चै लुम्बिनी नाम राख्दा के चाहिँ फरक पर्छ त? हामीले गण्डकी, कर्णाली राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ’, दाहालले तर्क गर्दै भने, ‘यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ । सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन।’

बृहत् लुम्बिनी विकास परियोजनाका अध्यक्षसमेत रहेका दाहालले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई विश्व शान्ति नगरी बनाउनुपर्ने बताए।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्