Logo
|| December 5, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ लाख खर्च गरेर सबै वडामा हेलिप्याड निर्माण

जाजरकोट : सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ ।

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको छ । झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लु जस्ता रोग यही बारेकोट गाउँपालिकाबाट शुरु भएको थियो । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तह भन्दा फरक रहेको छ ।

औषधि, खाद्यान्न, अन्य दैनिक उपभोग्य सामग्री पठाउन यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयवासी आफैले बोक्नुपर्ने अवस्था छ । टेलिफोनको राम्रो पहुँच भएको बारेकोट गाउँपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नसमेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शााहले बताए ।

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १४:३०

प्रतिक्रिया दिनुहोस्