Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० हप्ताको लागि फुटबलर बिमल घर्तिमगर बेल्जियम जाँदै

काठमाडौँ : नेपाली फुटबलर बिमल घर्तिमगर ट्रायलका लागि बुधबार बेल्जियम जाँदैछन् । राष्ट्रिय टिमका स्ट्राइकर बिमल ए डिभिजन लिगको च्यासल गुथ क्लबसँगको सम्झौता टुंग्याउँदै ट्रायलका बेल्जियम जान लागेका हुन् ।

१० हप्ताका लागि बेल्जियम जान लागेका बिमलले स्थानीय दोस्रो डिभिजनको क्लबका लागि ट्रायल दिने तय भएको छ । ट्रायलमा सफल हुन सकेमा उनी त्यहिँको क्लबबाट व्यवसायीक फुटबल खेल्ने छन् ।

ट्रायल सफल भएमा उनलाई क्लबले जनवरीमा प्रशिक्षण दिने र त्यसपछि अनुबन्ध गर्ने सम्भावना रहेको बताइएको छ । बिमल यसअघि पनि ट्रायलका लागि बेल्जियम गएका थिए । उनी यो पटक झण्डै डेढ वर्षपछि बेल्जियम जान लागेका हुन् ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्