Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठेघर बिहीन महिलाले जन्माइन् स्वस्थ बालिका, यस्तो छ कारण

सन् २०१६ मा निधन भएकी एक महिलाको पाठेघर अर्की महिलामा प्रत्यारोपण गरिएको  थियो । प्रत्यारोपण गरिएको पाठेघरमा रहेको गर्भबाट उक्त महिलाले एक स्वस्थ बालिका जन्माएकी छिन् ।  अहिले ३२ वर्षकी भएकी महिला जन्मिदा खेरी नै पाठेघर बिहीन थिइन् ।

सन् २०१६ मा निधन भएकी एक महिलाको पाठेघर उनमा प्रत्यारोपण गरिएको हो ।सन् २०१६ मा ब्राजिलको साओ पाओलोमा १० घण्टा लामो प्रत्यारोपण शल्यक्रिया र त्यसपछिको फर्टिलिटी उपचार भएको थियो ।

साओ पाओलोको अस्पतालमा ३९ आमाहरुले आफू जीवितै रहेका बेला आफ्ना छोरीहरुलाई पाठेघर प्रदान गरेका थिए । त्यसमध्ये ११ जनाले बच्चा जन्माएका थिए । तर निधन भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरिएका यसअघिका १० प्रयासमा बच्चा जीवित जन्मिएका थिएनन् । यसअघिका प्रयासमा गर्भ रहने तर केही मिहनामै खेर जाने भएको थियो । तर पछिल्लो प्रयास भने सफल भएको भने सफल भएको छ ।

तीन सन्तानकी आमा जसको उमेर ४० देखि ४५ वर्षको बिचमा थियो । उनको मस्तिष्कमा भएको रक्तश्रावका कारण निधन भयो । तर उनको पाठेघर भने राम्रो थियो । डाक्टरले त्यो पाठेघरमा रहेका डिम्बलाई निकालेर बुवा बन्न चाहने पाठेघर बिहीन महिलाका पतिको शुक्रकिटसँग समागम गराएर त्यसलाई फ्रिजरमा राखे ।

त्यसपछि प्रत्यारोपणको सल्यक्रिया भयो, त्यसक्रममा महिलालाई प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि दिइयो, किनकी त्यसो नगरिएमा उनको शरीरले प्रत्यारोपणलाई स्वीकार गर्ने थिएन ।

पाठेघर प्रत्यारोपण गरेको झण्डै ६ हप्तापछि ती महिलाको महिनावारी सुरु भयो । शल्यक्रियाको सात महिनापछि फर्टिलाइज गरेर राखिएको भ्रुण महिलाको पाठेघरमा राखियो । त्यसपछि सामान्य गर्भावस्थाको समय बिताएर ती महिलाले शल्यक्रिया मार्फत सन् २०१७ को डिसेम्बर १५ मा साढे २ किलो तौलकी छोरी जन्माइन् ।

साओ पाओलोको डास क्लिनिकासकी डाक्टर डानी एजेनबर्गले भनिन्, ‘जीवित डोनरबाट पाठेघर प्रत्यारोपण गरिनु मेडिकल माइलस्टोन थियो, किनकी यसले गर्भधारण गर्न असमर्थ महिलाहरुलाई आमा बन्ने सम्भावना देखाएको थियो । तर जीवित डोनर पाउन मुश्किल थियो, यसका लागि परिवारकै सदस्य वा नजिकका साथी चाहिन्थ्यो धेरै अवस्थामा । तर पछिल्लो उपलब्धी त्यो भन्दा पनि उत्साहप्रद रहेको छ ।’

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्