Logo
५ बैशाख २०८१, बुधबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिसफायरिङ’ हुँदा प्रहरी जवान यादव घाइते

विराटनगर : विराटनगरको रानीस्थित पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्रमा प्रशिक्षणका क्रममा प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन्।मंगलबार प्रहरीलाई तालिम दिने क्रममा मिस फायरिङ हुँदा केन्द्रमा कार्यरत जवान यादव घाइते भएको केन्द्रका प्रमुख समादेशक एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका हुन्।

एसएसपी थापाका अनुसार प्रशिक्षण दिने क्रममा सिरहा घर भएका जवान यादवको हातमा गोली लागेको छ। नयाँ प्रहरी जवानलाई प्रशिक्षण दिने प्रशिक्षक २७ वर्षीय यादवको देब्रे हातमा गोली लागेको बताइएको छ।

एसएसपी थापाका अनुसार प्रशिक्षणका क्रममा पेस्तोल सफा गर्ने क्रममा फाइरिङ भएको हो। सावधानी नअपनाई हतियार चलाइएका कारण घटना भएको दावी गरिएको छ।

तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका प्रहरी जवान यादवलाई थप उपचारका लागि दिउँसो साढे ३ बजे काठमाडौँ लगिएको छ। यादवको अवस्था खतरामुक्त रहेको तालिम केन्द्रले जनाएको छ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्