Logo
७ बैशाख २०८१, शुक्रबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपरस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ ले ४०० करोड कमाइ

एजेन्सी : सुपरस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ ले बक्स अफिलमा राम्रो कमाइ गरिरहेको छ । दर्शकले यो फिल्मलाई निकै मन पराएका छन् । फिल्मका निर्माताका अनुसार विश्वभरको वक्स अफिसमा आफ्नो सुरुवाती सप्ताहन्तमा ४०० करोड भन्दा धेरै कमाइ गरेको बताएका छन् ।

यो फिल्म तीन भाषामा रिलीज भएको थियो। यो फिल्मको हिन्दी भर्जनले पनि चार दिनमा राम्रो कमाइ गरेको छ। फिल्मको हिन्दी भर्जनले चार दिनमा ९७ करोडको व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसको जानकारी ट्रेड एनालिस्ट रमेश बालाले आफ्नो सामाजिक संजालमा दिएका हुन्।यो फिल्मको बजेट करिव ५०० करोड थियो। तर फिल्मले विभिन्न राइट्सका कारण रिलीज हुनु भन्दा पहिला नै करिव ३७० करोड कमाइ सकेको छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्