Logo
१३ बैशाख २०८१, बिहीबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसन्तको डेब्यु चलचित्र ‘जानी नजानी’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौँ : बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको ’जानी नजानी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निरन्तर १८ बर्ष देखि नेपाली चलचित्रमा काम गर्दै आएका अधिकारीले थुप्रै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाली सकेका छन् ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु मनिष सुन्दर श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा बस्नेतले ‘जानी नजानी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन ।

चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।चलचित्रमा छायाँकन संजय लामाको रहेकोछ अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्