Logo
१३ बैशाख २०८१, बिहीबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्को बैठक द्वारा कर्मचारी समायोजन अध्यादेश स्वीकृत (हेर्नुस् पुरै अध्यादेश)

काठमाडौँ : सरकारले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको हो ।

बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक भएको छैन । सरकारले पछिल्लो समय मन्त्रिपरिषद्का निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरेको छ ।

कानून मन्त्रालयले शुक्रबार अध्यादेश मन्त्रिपरिषद् पठाएको थियो । यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार संघमा कार्यरत कर्मचारीले समायोजन प्रक्रियामा भाग नलिने अडान लिएपछि अध्यादेशको तयारी गरिएको थियो ।

बैठकले अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको श्रोतले जनायो । राष्ट्रपति पोल्याण्ड भ्रमणबाट फर्किएपछि अध्यादेश स्वीकृत हुनेछ । अध्यादेश जारीपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्