Logo
७ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार महीनामा नै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

कञ्चनपुर : चार महीनामै आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२ दशमलव १६ प्रतिशत बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा रु ५२ करोड १९ लाख १७ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६८ करोड ९७ लाख ४७ हजार राजश्व सङ्कलन भएको बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि उक्त कार्यालयले रु १ अर्ब १९ करोड ३१ लाख ५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १ अर्ब ४८ करोड २० लाख ९ लाख सङ्कलन गरेको थियो ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्