Logo
११ बैशाख २०८१, मंगलबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मद्रासी इस्टाइलको नेपाली चलचित्र ‘रणवीर’ को टिजर सार्वजनिक

काठमाडौँ : मद्रासी इस्टाइलको नेपाली चलचित्र ‘रणवीर’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा चलचित्रका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको द्वन्द देखाइएको छ । अघिल्ला चलचित्रको तुलनामा सुशील यसमा फेरिएका छन् ।

उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । चलचित्रमा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनराको चलचित्रको टिजरमा यी दुई बीचकै द्वन्द र बदलाको भावनालाई चित्रण गरिएको छ । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी समाबेश छ । चलचित्र माघ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्