Logo
१५ चैत्र २०८०, बिहीबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न देशका साहित्यकारहरुको सहभागितामा ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’

काठमाडौँ : भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२-२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गो र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको सहयोगमा हुने सम्मेलनमा नेपाल, भारत, भुटान र म्यान्मारका नेपाली साहित्यकारको सहभागिता रहने कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईँले जानकारी दिनुभयो ।

भारतीय भाषा परिषद् भवनमा हुने सम्मेलनमा डा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति, डा रामजी तिमिल्सिनाले ‘डायस्पोरा नेपाली साहित्य, र प्रा टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरिने छ ।

‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरु हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल हुनेछ ।  सो अवसरमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसङ्ग्रह९बङ्गाली भाषा० र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता सङ्ग्रहको विमोचन गरिनाका साथै तुल्सी प्रभासद्वारा सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिनेछ ।

नेपालबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारीलगायत सहभागी हुने बताइएको छ ।

 

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्