Logo
१३ बैशाख २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशियाकै सबैभन्दा सेक्सी महिलाको दोस्रो स्थानमा परिन् यी अभिनेत्री

सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी निया शर्मा एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा छानिइसकेकी छिन् । मनोरन्जन जगतमा चर्चा कमाएकी शर्मा आफ्नो हट फोटोसुट गरेर चर्चामा छाइरहिन्छन् । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो ।

सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् । सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट निया शर्माको लोकप्रियता बढ्न थाल्यो ।

सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा । त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो ।

ईश्कमे मरजावां सिरियलमा नियाले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् । निया विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्नेछिन् । सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् । यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् ।

सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् । मोडलिङ, ग्ल्यामर र हटनेसको मामलामा उनले थुप्रै बलिउड नायिकालाई पनि पछि पारेकी छिन् ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्