Logo
|| November 30, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोसँग रुष्ट रहेको भनिएका ठाकुर बैठकमा सहभागी, २ दिनपछि दिल्ली जाने

काठमाडौं : राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएसँगै रुष्ट बनेका पूर्व संयोजक महन्थ ठाकुर आज अध्यक्ष मण्डलको बैठकमा सहभागी भएका छन् । आफूलाई विधानविपरित हटाएको भन्दै ठाकुर रुष्ट बनेको कुरा बाहिर आएको थियो ।

तर, आज राजपाका केही नेताहरुको पहलमा ठाकुर बैठकमा सहभागी भएका हुन् । बैठकमा आगामी दिनमा कसरी जाने र सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समेत छलफल भएको एक नेताले जानकारी दिए ।

अबको बैठक ठाकुर दिल्लीबाट फर्किएपछिमात्रै बस्ने बुझिएको छ । ठाकुर पर्सी आइतबार दिल्ली जाने भएका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार १७:५३

प्रतिक्रिया दिनुहोस्