Logo
१३ बैशाख २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै,३ महिनामा भित्रियो २ खर्ब ४२ अर्ब रेमिट्यान्स

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा रेमिट्यान्स बढेको जानकारी दिएको छ ।

चालू आवको पछिल्लो तीन महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ३७ दशमलव तीन प्रतिशतले बढेर दुुई खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुुई दशमलव छ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह छ दशमलव छ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव चार प्रतिशतले वृद्धि भई दुुई खर्ब ७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार दशमलव तीन प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६ दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुुई दशमलव छ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्