Logo
७ बैशाख २०८१, शुक्रबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन प्रवद्र्धनका लागी खोला थुनेर ताल बनाइने

दमौली : तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।

घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।

उनले घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ भन्दै ताल बनाएर ती स्थानको प्रवद्र्धन गर्ने योजनामा जुटेका साथै कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको बताए ।

गण्डकी प्रदेश सरकारले प्राविधिक पठाएर स्वीकृति दिएपछि ताल निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउँदै रानाले चालू आर्थिक वर्षमा ताल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको समेत जानकारी दिए । ५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ ।

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्