Logo
१३ बैशाख २०८१, बिहीबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, ३ जना घाइते

दुल्लु : दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये ५  जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा ठाटीकाँध-१ का ३० वर्षीया निर्मल बम, वडा नं २ का सवारी चालक रमेश शाही तथा वडा नं ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत हुन् ।

अन्य दुईको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटामा मृत्यु भएको ठाटीकाँध प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बीच बाटाम मृत्यु हुनेमा ठाटीकाँध-३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम छन् ।

गम्भीर घाइते ३० वर्षीया युद्ध सूची, ठाटीकाँध-४ का दिलीप शाही र २८ वर्षीय मनीष रासकोटीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

जीप करीब ३०० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसके पनि उकालो सडकमा जीप अगाडि वढ्न नसकेर पछाडितर्फ गुडेका कारण दुर्घटना हो ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्