Logo
४ बैशाख २०८१, मंगलबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक चिडियाखानामा नयाँ जनावर ‘रिङ टेल्ड ल्युमर’

काठमाडौँ : ललितपुरमा रहेको सदर चिडियाखानामा पहिलो पटक नयाँ जनावर रिङ टेल्ड ल्युमर अवलोकनका लागि राखिएको छ ।

गत शुक्रबारदेखि अवलोकनका लागि राखिएको जनावर यसअघि चिडियाखानामा नभएको चिडियाखानाका सूचना अधिकारी लिना पालिखेले जानकारी दिए । उहाँका अनुसार उक्त जनावर चिडियाखानालाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको हो ।

अफ्रिकी मुलुकमा पाइने यस जनावरको आयु १६ देखि १९ वर्षको रहेको छ । खैरो शरीर र कालो रङको लामो पुच्छर भएको उक्त जनावर चिम्पाञ्जी प्रजातिमा पर्छ ।

पाँच वर्षको भाले–पोथी गरी एक जोडी जनावर अहिले चिडियाखानामा ल्याइएको हो । यस जनावरले विशेषगरी फलफूल र कीरा फट्याङ्ग्रा खाने गदर्छ ।

जनावरसँगै हाल चिडियाखानामा एक हजार २७ प्रजातिका एक हजार दुई १९ वटा जीव जनावर रहेका छन् । केही वर्षअघि करीब ८०० जीव जनावर रहेको यहाँ गतवर्ष धेरै चरालाई ल्याइएकाले सङ्ख्या बढेको पालिखेले बताए ।

गत आर्थिक वर्षमा अवलोकनकर्ता बाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीव जनावर हेर्नका लागि आएका थिए । चिडियाखाना अवलोकनका लागि १२ वर्ष मुनिकाका लागि रु ५०, विद्यार्थीका लागि रु १००, सर्वसाधारणका लागि १५०, सार्क राष्ट्रका पाहुनाका लागि रु २२० र अन्य देशका नागरिकका लागि रु ७५० प्रवेश शुल्क तोकिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा खुला स्थानको अभाव र खुला ठाउँमा बस्तै जनाबर हेर्न पाउने विभिन्न खेलसमेत खेल्न पाउने भएको हुँदा अवलोकनकर्ता बढेको पालिखेको भनाइ छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्