Logo
१५ चैत्र २०८०, बिहीबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

सुर्खेत : दैलेखमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार आठ जना मध्ये चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाँटीकाँध गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही र ठाँटीकाँध–१ का ३० वर्षीय निर्मल बमको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षीय रत्ना शाहीको उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी ठाकुर पोखरेलले बताए ।

दुर्घटनामा ठाँटीकाँध–१ का २८ वर्षीय समशेर बम, ३० वर्षीय युद्ध सूची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षीय मनिश राष्कोटी घाइते भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्