Logo
|| November 28, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ करोडको लगानीमा लैनचौरमा सुविधासम्पन्न वडा कार्यालय बनाइदै

काठमाडौँ : काठमाडौँको लैनचौरमा रु. ६ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । कामपा-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिएका छन् ।

“प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले बताए ।

महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताए ।

एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार १२:१७

प्रतिक्रिया दिनुहोस्