Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षदेखि फरार फर्सिडोलका ४० वर्षीय शाक्य पक्राउ

ललितपुर : महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्र्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक खुमलाल भुुसाल नेतृत्वको टोलीले महानगरपालिका -२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो ।

शाक्यलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा कैद तथा जरिवाना सुनाएको थियो । शाक्यलाई अदालतले सात वर्ष ११ महीना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउर्ए ।

गतसाता मात्रै परिसरले ठगी तथा जालसाजी मुद्दामा दुई वर्ष पहिले अदालतले कैद तथा जरिवाना सुनाएको ललितपुर महानगरपालिका-१३ का राज महर्जनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्