Logo
८ बैशाख २०८१, शनिबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा बस पुलमा ठोक्कियो, २५ जना घाइते

धनगढी : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्