Logo
११ बैशाख २०८१, मंगलबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नब मोडल उषा रणपहेलीको यस्तो छ मोडलिङ्ग मोह

काठमाडौँ : दैनिक सयौं युवा युवतीहरु मोडलिङ्गलार्इ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्ध हुँदै गएका छन् । राजधानी शहर काठमाडौँ, सपनाको शहर जहा दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन् त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल उषा रणपहेली अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

नृत्य र अभिनयमा पोख्त उषा सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन चिटिक्क मिलेको शरिर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो, हेर्दा लाग्छ उनी कुनै चर्चित मोडल हुन ।

उनी मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् । झापा जिल्ला जन्मथलो भएकी उषा परिवार सहित काठमाडौँमा बसोबास गर्दै आएकी छिन ।

उषा हेर्दा पनि आकर्षित छिन, सधै हासीरहने शालीन स्वभाबकि मोडल उषा रणपहेली यदि कसैबाट राम्रो म्युजिक भिडियो, एड तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन ।

सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने उषा अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । उनले भर्खरै सम्पन्न भएको नेक्स्ट सुपर टप्स मोडलमा समेत प्रतिश्प्रधा गरेकी थिइन् ।

नब मोडल उषाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनी भन्छिन्- मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताउछिन ।

मोडलिङ क्षेत्रमा भएको कुरिति र कुसंस्कारलार्इ चिर्दै ब्यबसायिक मोडललार्इ अगाडी बढाउने उनको सोच छ । परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी उषालाई हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्