Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर, सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्छ : गगन थापा

चितवन : नेपाली कांग्रेस युवा नेता गगन थापाले कांग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला संघ चितवन शाखाले आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै थापाले कांग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए ।

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै थापाले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । थापाले कांग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोल्नु भएको थियो । सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्