Logo
७ बैशाख २०८१, शुक्रबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सौर्य दैनिकले आफनै कर्मचारकीको ग¥र्यो चरित्रहत्या !

काठमाण्डौ :  कहिले बन्द त कहिले प्रकाशन हुँदै आएको सौर्य दैनिकले सोमवार आफ्नै एक कर्मचारीको चरित्रहत्या गरेको छ । उक्त दैनिकमा पछिल्लो ५ वर्षदेखि कर्यरत रहेका भक्तपुरका प्रदिप कुमार तिमिल्सिनाले सम्पादक बोधराज त्रिपाठीको निर्देनमा पत्रिकामा आफू विरुद्ध सुचना प्रकाशन भएको बताएका छन् ।

‘आजसम्म म सोही पत्रिकामा कार्यरत रहेको छु तर मेरैबारेमा सम्पर्क बिहिन भनेर सुचना छापिएको छ’ उनले भने –‘म प्राय दैनिक रुपमै कार्यालयमा उपस्थित हुँदै सम्पादकसँग पनि कुरा गर्ने गरेको छु, तर पनि उहाँको निर्देशनमा यस्तो कार्य हुनु ममाथी अन्याय हो’ ।

‘उल्टै म पछिल्लो ७ महिनादेखि तलव पाएको छैन् माग्दा उहाँले आज भोली भन्दै टार्दे गर्नुभो, उहाँ स्वयंले नै बजारबाट उठाएर तपाई आफनो तलव वापतको हिसाव मिलाउन पनि लगाउनु भयो अनि उल्टै मेरो बारेमा सुचना समेत छपाउनु भय,  ममाथी त निकै अन्याय नै भएको छ’ उनले नागरिक टाइम्ससँगको कुराकानीमा भने- ‘प्रेस काउन्सिल, पत्रकार महासंघ, श्रम अदालत समेतसँग न्यायको माग्न चाहान्छु ।’

उनले भने-‘मेरो चरित्रहत्या भएको छ, भोली अर्को मिडियामा काम गर्न जाँदा ममाथी अविश्वास बढ्नेछ । मेरो पेसागतको समेत सुरक्षा भएन । म बिच्चली भए ।’

उनका अनुसार सम्पादक त्रिपाठीले आफूलाई सौर्य नछाड्न दवाब दिदै आएका थिए । ‘यदि जर्वजस्ती छाड्यो भने म अरु संचारमाध्यममा काम गर्न योग्य राख्दिन’ त्रिपाठीको भनाई उदृत गर्दै तिमिल्सिनाले भने ‘सबै हिसाव गर्दै मेरो राजिनामा स्वीकृत गरिदिन निवेदन दिएपछि सम्पादकले ममाथी यस्तो जघन्य आरोप लगाएका हुन् ।’

यता, त्रिपाठीले आफू यसबारे तत्काल केहि बोल्न नचाहेको बताए । ‘म बिरामी छु, पछि कुरा गरौंला, उनले भने ‘यसबारे अहिले म केहि बोल्ने स्थितीमा छैन ।’

तिमिल्सिनाले गत शुक्रवार (७ गते) राजिनामा-पत्र बुझाएका थिए भने सौर्य दैनिकको सोमवारको अंकमा उनी सम्पर्क बिहिन रहेको भन्दै सुचना प्रकाशन गरिएको छ ।

 

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्