Logo
८ बैशाख २०८१, शनिबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको छ : प्रचण्ड

चितवन : नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताउनुभएको छ । आज चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमीकतामा परेको बताउनुभयो ।

समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको भन्दै उहाँले एउटा निष्कर्षमा पुगेर पूर्जा वितरण र अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने जानकारी दिनुभयो ।

‘अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर हामीले केही समयभित्रै यो समस्याको समाधान गर्ने छौं । उहाँले भन्नुभयो, जसलाई तुरुन्तै लालपूर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ ।”

प्रचण्ड आज क्यान्सर अस्पताल भरतपुरको बि एन नसिंङ कार्यक्रमको उद्घाटन र भरतपुर वडा नं २४ लाई बातावरणमैत्री घोषणा कार्यक्रममा सहभागी हुनुभएको छ ।

नेपालका विभिन्न जिल्ला र भारतबाट समेत सेवा लिन आउने चितवनको विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा आजबाट बिएन नर्सिङ कार्यक्रम सुरु भएको छ ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्