Logo
७ बैशाख २०८१, शुक्रबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा सातवटै प्रदेश कमिटी सदस्यको टुङ्गो लाग्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलले सातवटै प्रदेश कमिटी सदस्यहरूको नामावली टुंगो लगाएको छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रदेश कमिटीमा रहने पदाधिकारी र सदस्यहरूको अन्तिम नामावली टुंगो लगाएको हो । सचिवालय र स्थायी समितिले नामावली पारित गरेपछि नेकपाका प्रदेश कमिटीहरूले पूर्णता पाउनेछन् ।

सबै प्रदेशमा रहने सदस्यहरूको नामावलीको गृहकार्य सकिएलगत्तै ६ मंसिरमा केन्द्रीय सचिवालय बैठक बोलाउने शीर्ष नेताहरूबीच सहमति भएको छ । त्यसलगत्तै स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामलाई गति दिने नेकपाको तयारी छ । ‘एक साताभित्र बैठक बसेर एकीकरणको कामलाई गति दिइनेछ, त्यसैले मंसिर पहिलो हप्ताभित्र सचिवालयको बैठक सम्पन्न हुन्छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

बेलायत भ्रमणमा गएका वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६ मंसिरको बैठकका लागि ३ मंसिरमै स्वदेश फर्कंदै छन् । एकीकरणका लागि गृहकार्य नपुगेको भन्दै पाँचपटकसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

पछिल्लोपटक १३ र १४ कात्तिकमा बोलाइएको बैठक स्थगित भएको थियो । एकीकरणको काममा ढिलाइ हुँदै गएकोमा नेता–कार्यकर्ता पंक्तिले नेतृत्वको आलोचना गर्नेक्रम बढ्दै जाँदा सचिवालय बैठकको नयाँ मिति तोकिएको हो ।

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्