Logo
१३ बैशाख २०८१, बिहीबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाषा आयोगले अपूर्ण, प्रादेशिक भाषा निर्धारणमा ढिलाइ

काठमाडौँ : दुई वर्ष अघि गठन भएको भाषा आयोगले पूर्णता नपाउँदा प्रदेश र स्थानीय तहमा मान्यता पाउने भाषाको निर्धारणमा ढिलाइ भएको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै ती तहमा सरकारी मान्यता पाउने भाषाबारे सिफारिश गर्ने संवैधानिक दायित्व भएको आयोग गठन भएको दुई वर्ष नाघेपनि राजनीतिक तहबाट निर्णय नहुँदा पूर्णता पाउन नसकेको हो ।

प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानुन र त्यसबारे निर्णय लिनुपूर्व उक्त आयोगको सिफारिश प्रतीक्षा गरिरहेका छन् । प्रारम्भदेखि अध्यक्षको मात्र नेतृत्व रहेकाले भाषाको अध्ययन र सिफारिशका लागि आयोगले निर्णय गर्न सकेको छैन ।

सरकारले विसं २०७३ भदौ २३ मा आयोगका अध्यक्षमा पूर्वसचिव डा. लवदेव अवस्थीलाई नियुक्त गरेपनि सदस्यहरू हालसम्म नियुक्त हुन सकेको छैन । आयोगमा सात प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारी कामकाजकारुपमा भाषाले मान्यता पाउन सम्बन्धित भाषा बोल्ने वक्ताको संख्या, भाषिक पहिचान, लेखक प्रणाली, भाषिक सवलता तथा ग्रहणशीलता, ऐतिहासिकता, बोधगम्यताजस्ता पक्षमा थप छलफल गर्न आयोगले सिफारिश गर्ने तयारी गरेको छ । संस्थामा पूर्णता नहुँदा ती काम प्रभावित भएको आयोगको वार्षिक प्रतिवेदन–२०७४ मै उल्लेख भई राष्ट्रपतिसमक्ष सुझाव दिइएको थियो ।

नेपालको संविधानको धारा २८७ ९६० आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाकारूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सिफारिस गर्ने दायित्व आयोगलाई दिइएको छ । नेपालका भाषाको संरक्षण, सम्वद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायकोसमेत सिफारिस गर्न आयोगलाई जिम्मेवारी छ । आयोगको कार्यकाल ६ वर्ष हुने व्यवस्था छ ।

अध्यक्ष डा. अवस्थीले आयोगमा सदस्यहरूको नियुक्तिका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग पटकपटक छलफल भएको तर हालसम्म नियुक्ति नभएको बताए । उनले भने,रवीन्द्र अधिकारी लागिरहनुभएको छ, आशा गरौँ चाँडै पूर्णता पाइनेछ ।’ मन्त्री अधिकारीले गत असारसम्मका सो आयोगले पूर्णता दिन पहल गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । यसबारे बुझ्न खोज्दा मन्त्री अधिकारीसँग सम्पर्क हुन सकेन ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आफूहरूले आयोगलाई पूर्णता दिनेबारे गृहकार्य गरिहेको जनाउँदै चाँडै टुङ्गोमा पुगिने बताए ।

–प्रकाश सिलवाल

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्