Logo
१३ बैशाख २०८१, बिहीबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको साप्ताहिक राशिफल ,मङ्सिर २ देखि ८ गतेसम्म

मेष
काममा सफलता मिल्नेछ। उन्नति, प्रगति हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ला। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। विद्या, बुद्धि बढ्नेछ। आर्थिक पक्ष सबल रहला। मनमा एकदम कुरा खेल्नेछ। सातामा केही अप्ठ्यारा पक्षहरू रहलान्।

वृष
साता सामान्य छ। झैझमेला र अप्ठ्यारा पक्षहरू आउनेछन्। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। घरपरिवार, कुलकुटुम्ब, इष्टमित्रबीचको सम्बन्ध र सहकार्य राम्रो देखिएको छ। खानपानमा निकै विचार गर्नुपर्नेछ। यात्रा सरल रहला। कृषि क्षेत्रमा लाभ छ।

मिथुन
साता निकै राम्रो छ। आर्थिक समृद्धि मिल्ला। घर, जग्गा, जमिनका योगहरू बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। दाजुभाइ, दिदीबहिनी, कुलकुटुम्ब र इष्टमित्रबीचको सम्बन्ध र सहकार्य राम्रो बन्नेछ। कृषि क्षेत्रमा लाभ छ। पशु, चौपायामा हानि, नोक्सानीको साता छ। जागिरेहरूका लागि साता मध्यम छ।

कर्कट
आर्थिक समृद्धि मिल्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। परिवारजनको सम्बन्ध, माया, प्रेम राम्रो देखिएको छ। हजुरले गर्न खोज्नुभएको काममा केही समस्या आउन सक्नेछ। यात्रा मध्यम छ। व्यापार, व्यवसायमा लाभ मिल्नेछ।

सिंह
राजनीतिक र सामाजिक पक्ष राम्रो छ। घरपरिवारको सहयोगमा बाधा र समस्या देखिएको छ। खेलाडीहरूका लागि साता मध्यम छ। कृषि, चौपायामा लाभको साता छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। नयाँ कार्यको थालनी हुनेछ। दाम्पत्य जीवन र कुलकुटुम्ब, इष्टमित्रबीचको सम्बन्ध राम्रो देखिएको छ। जागिरेहरूका लागि साता उत्कृष्ट छ। व्यापार, व्यवसायमा लाभ मिल्ला।

कन्या
जागिरेहरूका लागि साता राम्रो छ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्नेछ। स्वास्थ्यमा निकै विचार पुऱ्याउनुपर्ला। परिवारजन, कुलकुटुम्बबीचको सम्बन्ध राम्रो देखिएको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। कृषि क्षेत्रमा लाभ छ।

तुला
आर्थिक समृद्धिको साता बन्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त हुनेछ। घरपरिवार र कुलकुटुम्बबीचको सम्बन्धमा केही तनाव र अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। स्वास्थ्यमा केही अप्ठ्यारा पक्षहरू देखिन सक्नेछन्। व्यापार, व्यवसायमा लाभ छ।

वृश्चिक
साता मध्यम छ। आर्थिक पक्षमा केही व्यवधान र अड्चनहरू रहन सक्नेछन्। मनमा उत्साह र उमङ्ग बढ्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि र उन्नति, प्रगतिको साता रहेको छ। खानपानमा धेरै विचार पुऱ्याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभ छ। जागिरेहरूका लागि साता निकै राम्रो छ।

धनु
साता निकै राम्रो छ। आर्थिक पक्ष सबल छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा केही अप्ठ्यारा पक्षहरू रहनेछन्। व्यापार, व्यवसाय र कृषि क्षेत्रमा लाभ मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत, प्रतिष्ठा मिल्नेछ। खेलाडीहरूका लागि साता राम्रो देखिएको छ।

मकर
यो साता व्यापार, व्यवसायमा राम्रो देखिएको छ। आर्थिक समृद्धि, उन्नति, प्रगति होला। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्र सामान्य देखिएको छ। केही झुटा आरोपहरू सहनुपर्ने देखिन्छ। व्यापार, व्यवसायमा सफलता मिल्नेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ।

कुम्भ
साता उत्कृष्ट छ। आर्थिक समृद्धि, उन्नति, प्रगति होला। दाम्पत्य जीवन र कुलकुटुम्बबीचको सहकार्य राम्रो छ। खानपान र लेनदेनमा धेरै विचार पुऱ्याउनुपर्नेछ। घरपरिवारको सहयोग प्राप्त हुन सक्नेछ। विद्या, बुद्धि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा धेरै सफलता मिल्नेछ।

मीन
साता मध्यम छ। स्वास्थ्यमा केही समस्या रहला। पारिवारिक उन्नति, प्रगति हुनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। दाजुभाइ, इष्टमित्रबाट राम्रो सहयोग प्राप्त हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट छ। कृषि, चौपायामा लाभ मिल्नेछ।

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्