Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौँ सकिँदासमेत बन्न सकेन खेल मैदान

गलेश्वर  : जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ ।

तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च । जिल्लामा रहेका दल, सामाजिक सङ्घसंस्था, युवा क्लबले आवश्यक पर्दा सम्झने मञ्चमा पटकपटक गरी थुप्रै बजेट खर्चिए पनि आर्थिक अभावले थलिएको छ । फुटबल, भलिबल, क्रिकेटसँगै बेलाबेलामा सवारीसाधन सिकाउने ठाउँको रूपमा मात्रै प्रयोग हुने खुल्लामञ्चमा आवश्यक पूर्वाधार जुटाउने धेरै प्रतिबद्धता जनाइए पनि पूरा भएको छैन ।

कालीगण्डी र म्याग्दी नदीको दोभानमा रहेको यो मैदानलाई व्यवस्थित गर्नका लागि अहिलेसम्म करोडौँ खर्च गरिसकिएको छ । दुवै नदीबाट पक्की पर्खाल, तारजाली लगाए पनि मैदानभित्रको पूर्वाधार बनाउन सरोकारवाला निकायले चासो देखाएका छैनन् । खेलमैदानको लागि पर्याप्त ठाउँ नहुँदा खेलक्षेत्र प्रभावित हुने गरेको भन्दै बेनी नगरपालिकाले तीन वर्षदेखि मैदानलाई व्यवस्थित गर्नका कामचलाउ बजेट विनियोजन गर्दै आइरहेको छ ।

यो आर्थिक वर्षमा पनि वडा कार्यालयबाट रु १४ लाख र नगरपालिकाले रु ६० लाख बजेट विनियोजन गरेकोे नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । खुल्लामञ्चमा पूर्वधारको कमीले खेलाडीले चाहेअनुरुपको खेल देखाउन सकेका छैनन् ।

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्