Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सहयोगमा निर्मित गण्डकी प्रदेशका शैक्षिक भवनहरुको उद्घाटन

काठमाडौं : भारतको सहयोगमा निर्माण गरिएको ३ ओटा बिधालय भवनहरुलाई शनिबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश स्थित कास्की जिल्लामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

काठमाडौं स्थित भारतीय राजदुतावासका उपप्रमुख डा. अजय कुमारको उपस्थितिमा उक्त उद्घाटन गरिएको हो ।

सरस्वती टिका उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनका साथै लक्ष्मी आदर्श महुमुखी क्याम्पस र गुप्तेश्वर महादेव महुमुखी क्याम्पस परिसरमा मनाइएका नवनिर्मित भवनहरुको उद्घाटन गरिएको हो ।

भारतीय दूतावासले सरस्वती टिका उच्च माध्यमिक विद्यालय ३७.१० मिलियन अर्थात (३ करोड ७१ लाख) नेपाली रुपैँया बराबरको भारतीय सहयोगमा निर्माण गरिएको होे ।

त्यस्तै लक्ष्मी आदर्श बहुमुखी क्याम्पसलाई ४८.४० मिलियन, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसलाई ४१.१० मिलियन बराबरको भारतीय सहयोग दिइएको हो ।

प्रकाशित मिति: Nov 17, 2018

प्रतिक्रिया दिनुहोस्