Logo
७ बैशाख २०८१, शुक्रबार
(November 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नेपाल विद्यार्थी संघ स्वतः भङ्ग, १२ औं महाधिवेशन अझै अन्योलमा

काठमाडौं : नेपाल विद्यार्थी संघ स्वतः भङ्ग भएको छ । तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज (शनिबार)बाट स्वतः भङ्ग भएको हो । १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन भएन ।

नेविसंघको विधानको टुंगो लागेको छैन । उमेरहद मुख्य विवाद बनेको छ । समयमा अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको  बुझिएको छ ।

प्रकाशित मिति: Nov 17, 2018

प्रतिक्रिया दिनुहोस्