Logo
१५ चैत्र २०८०, बिहीबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिंसापीडित महिलालाई १७ वर्षपछि नागरिकता

पर्वत : नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र ।

सेती परियारका श्रीमान् गोविन्द दमाईंले पालनपोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गराइयोे ।

नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् । पीडित सेती परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको बताएपछि गत कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिइयो ।

उनको निवेदनका आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडाध्यक्ष टुङ्गनाथ शर्मासमक्ष सिफारिश दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसमक्ष पटकपटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए।

थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले सेती परियारलाई कात्तिक २९ गतेको मितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरी प्रमाणपत्र प्रदान गरिएको छ । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गरे ।

जलजला गाउँपालिका–७ साविकको धाइरिङ गाविस–३ माइतीघर भई सोही स्थानमा घर भएका ३२ वर्षीय गोविन्द दमार्इंसँग २०५८ मङ्सिर २२ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । उनको १३ वर्षीय छोरा रुद्र र तीन वर्षीय छोरा सुरज परियार छन् ।

मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरु एक वर्षअघि दोस्रो विवाह गरेर श्रीमान्ले दोस्रो श्रीमती घरमा ल्याएपछि उहाँ घरेलु हिंसाको सिकार बन्दै गएका थियो । श्रीमान् गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालनपोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखितरुपमा प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्