Logo
६ बैशाख २०८१, बिहीबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति थापा भारतको औपचारिक भ्रमणमा जाने

काठमाडौं : भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतले पठाएको तिथि प्रस्तावलाई नेपाली सेनाले स्वीकार गर्दै निर्णयार्थ रक्षा मन्त्रालयमा पठाएको छ। प्रधानसेनापति भएपछि पहिलो पटक विदेश भ्रमणका जान लागेका थापा जनावरी १२ देखि तीन दिन भारतमा रहनेछन् ।

भ्रमणका अवसरमा थापा भारतीय सेनाको मानार्थ महारथी (क्रेडियनसियल)को दर्जाबाट सम्मानित हुनेछन्। नयाँ प्रधानसेनापति हुनेबित्तिकै भारतले निमन्त्रणा गर्ने चलन छ।

भारतमा पनि नयाँ प्रधानसेनापति भएपछि नेपाली सेनाले पनि बोलाएर मानार्थ दिने गरेको छ। थापाको भ्रमण मितिबारे मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। भ्रमणबारे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भने अहिल्यै केही भन्न नसकिने जानकारी दिएको छ।

थापालाई बिम्स्टेक सदस्य मुलुकका सेनाको संयुक्त सैन्य अभ्यासमा पनि निमन्त्रणा थियो। तर पनि मानार्थ महारथी नभएकै कारण उनले पर्यवेक्षक मात्र पठाएका थिए।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्