Logo
६ बैशाख २०८१, बिहीबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु सेवा निगममा ‘आर्थिक संकट’ चुलियो

काठमाडौं : वायु सेवा निगममा आर्थिक संकट चुलिएको छ । नेपाल वायु सेवा निगमले आर्थिक संकट चुलिएको बताउँदै तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

स्वेतपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पारे ।

वाईडबडी विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाइ छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलव ८७ अर्ब रहेकाले पनि नगद प्रवाहमा संकट आईपरेको पनि स्पष्टिकरण दिएको छ। अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिए ।

चार महिना भित्र वाईडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेबियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताए।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्