Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम सम्बन्धले गुम्यो ‘मन्त्री पद’ !

काठमाडौं : सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो ।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।

नयाँ पत्रिकामा प्रकाशित समाचार अनुशार, यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।

उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।

प्रकाशित मिति: Nov 16, 2018

प्रतिक्रिया दिनुहोस्