Logo
६ बैशाख २०८१, बिहीबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलका राजदूत थापा फिर्ता बोलाइए, शाक्यलाई प्रधानमन्त्री ओलीको राजदूत उपहार

काठमाडौँ– इजरायलका लागि नेपालका राजदूत निरञ्जन थापालाई सरकारले फिर्ता बोलाएकोे छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा थापालाई राजदूत नियुक्त गरेको थियो।

कार्तिक २५ गतेकै निर्णयबाट अञ्जान शाक्यलाई इजरायलको राजदूत पदमा सिफारिस गरेको छ। कुनै समय नेपाल टेलिभिजनमा समाचार वाचनको काम गरेकी शाक्यलाई प्रधानमन्त्री कै पहलमा राजदूत सिफारिस भएको स्रोतको दाबी छ। शाक्य प्रधानमन्त्री ओलीको नातेदार पर्छिन्।

मन्त्रिपरिषदको २५ कात्तिकको बैठकले थापालाई तीन साताको समय दिएर फिर्ता बोलाएको र शाक्यलाई पठाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

त्यही दिन दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो । भारत र मलेसियाका लागि क्रमश: निलाम्बर आचार्य र उदयराज पाण्डेलाई राजदूतमा सिफारिस गर्ने निर्णय पनि भएको थियो । प्रवक्ता बाँस्कोटाले राजदूतका लागि उनीहरुको प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्