Logo
८ बैशाख २०८१, शनिबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन ३३ लाख सङ्कलन

कुश्मा : पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन रु ३३ लाख सङ्कलन भएको छ ।

मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताउनुभयो ।

शिव पार्वतीको मूर्ति बनाउन रु एक लाख दिने १५१ जनालाई आयोजक बनाउने आयोजक समितिका संयोजक डा चुडामणि शर्माले बताउनुभयो ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्