Logo
१३ बैशाख २०८१, बिहीबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा किचलो बढ्ने संकेत, महासमिति बैठक पुनः सारिदै

काठमाडौं : पछिल्लो समय नेपाली कांग्रेसमा देखिएको किचलो झनै बढ्ने देखिएको छ । कांग्रेस महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदन निर्माण कार्य ठप्प भएपछि किचलो बढ्ने देखिएको हो ।

स्रोतले भन्यो,‘विधान मस्यौदा र प्रतिवेदन लेखन सकिएको छैन, महासमिति बैठक सोही कारणले नै सर्ने सम्भावना बढी छ ।’ कांग्रेसले २८ मंसिरदेखि काठमाडौंमा महासमिति बैठक डाकेको थियो । यसअघि ५ देखि ९ मंसिरसम्म काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक कागजात निर्माण सम्पन्न नभएको भन्दै २८ मंसिरसम्मका लागि सारिएको थियो  ।

९ भदौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । तर, ती समितिहरूले प्रतिवेदन लेख्न अझै सुरु गरेको छैन । पार्टीको विधान संशोधनको मस्यौदा तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ भदौमा गठित समितिले सात विषयमा देखिएको विवादमा सहमति हुन नसक्दा मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन ।

समितिका एक सदस्य भन्छन्, ‘केही विषयमा विवाद छन, ती विवादमा सहमति हुन नसकेपछि १८ कात्तिकदेखि समितिको बैठक बसेको छैन ।’

यता, मुलुकको समसामयिक राजनीतिक अवस्था र पार्टीले लिने राजनीतिक रणनीति समेटिने राजनीतिक प्रतिवेदन लेख्न गठित समितिले प्रतिवेदन लेखन कार्य नै सुरु गरेको छैन । यसले पनि महासमिति बैठक अन्योलमा पारेको छ ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्