Logo
८ बैशाख २०८१, शनिबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको तल्लोतहसम्म पार्टी एकता टुङ्गाउन नेतृत्वलाई दबाब

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लोतहसम्मको पार्टी एकता टुङ्गाउन नेतृत्वलाई दबाब पर्न थालेको छ ।  पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्गाउन नेतृत्वले ढिलाइ गरिरहेको बेला जिल्ला स्तरीय नेताहरुले नेतृत्वलाई दबाब दिन थालेका हुन ।

एकतामा भएको बिलम्बले पार्टी थप संकटमा पर्न सक्ने भन्दै उनीहरुले शिर्ष नेताहरुलाई भेटी दबाब दिन थालेका छन् । नेतृत्वलाई दबाब दिनकै निम्ति तत्कालिन नेकपा एमाले अर्घाखाँचीका संचिव रामबहादुर चौहान काठमाडौं आएका छन् । उनका अनुसार एकता प्रक्रिया नटुङ्गिदा जिल्ला तथा स्थानीय तहका कार्यकर्तामा निराशा छाएको छ ।

अहिले पार्टी कमिटीहरु गठन नहुँदा नेता तथा कार्यकर्ताहरु जिम्मेवारीवीहीन छन् । जसले गर्दा पार्टी र सरकारका सकारात्मक गतिबिधिहरु जनता समक्ष पुयाउन समेत कठिनाइ भएको जिल्ला स्तरीय नेताहरु बताउछन् । चौहानले पार्टीका शिर्षस्थ नेताहरुसँग भेट गरी एकता प्रक्रिया अघि बढाउन आफू लगायतका जिल्ला स्तरीय नेताहरुको समूहले दबाब दिइरहेको बताएका छन् ।

उनका अनुशार पार्टी भित्रको गुट उपगुटको अन्त्य गदै तत्काल तल्लोतहसम्म एकताका निम्ति नेतृत्वले प्रक्रिया अघि बढाउनुपर्छ ।

चौहानका अनुसार तल्लो तहमा बिधि, प्रक्रिया र मापदण्डको आधारमा पार्टी एकता हुनुपर्छ ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्