Logo
८ बैशाख २०८१, शनिबार
(November 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : आज नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।

रिपो जारी गर्दा बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् । त्यस्तै रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन् ।

यतिबेला धेरैजसो बैंकहरुको निक्षेप तथा कर्जा बीचको अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । यस्तो अवस्थामा पनि राष्ट्र बैंकले किन रिभर्स रिपो जारी गर्दै छ त ? राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भन्छन, ‘यो हावादारीमा गर्न लागिएको होइन, फ्रेमवर्कले नै देखाएको छ ।’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले तरलता देखिएकै कारण रिभर्स रिपो जारी गर्न लागिएको समेत जानकारी दिए ।

प्रकाशित मिति: Nov 15, 2018

प्रतिक्रिया दिनुहोस्