Logo
६ बैशाख २०८१, बिहीबार
(November 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्षिक ३५ करोड बढी कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानलाई विद्युतीय बिल बिजक अनिवार्य

काठमाडौं : सरकारले वार्षिक ३५ करोड रुपैयाँ बढी कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानलाई विद्युतीय बिल बिजक अनिवार्य गराएको छ ।
आन्तरिक राजस्व विभागले पहिलोपटक कारोबारको सीमा निर्धारण गरेर विद्युतीय बिजक जारी गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार हालसम्म ५२ वटा ठूला करदाता केन्द्रीय बिजक प्रणालीमा आबद्ध छन् । एक वर्षभित्र यसको संख्या बढाएर एक सय पुर्याउने लक्ष्य राखिएको विभागका उपमहानिर्देशक यज्ञ ढुंगेलले जानकारी दिए । उनका अनुसार सबै किसिमका कारोबारलाई पारदर्शी बनाउन विद्युतीय प्रणालीमा लगिएको हो ।

यससँगै वार्षिक ३५ करोड रुपैयाँभन्दा धेरै कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानले विद्युतीय बिल बिजक अनिवार्य जारी गर्नुपर्ने भएको छ । उनले ३५ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानले पनि स्वेच्छिकरूपमा विद्युतीय बिजक जारी गर्न सक्ने बताए । सीमाभन्दा थोरै कारोबार गर्नेले पनि विद्युतीय बिजक जारी गर्न सक्ने उनले जानकारी दिए । हालसम्म ५२ वटा ठूला करदाता केन्द्रीय बिजक प्रणालीमा आबद्ध छन् ।

मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालय मातहतपर्ने करदातालाई आफ्नो कारोबारमा अनिवार्य विद्युतीय बिजक जारी गरी अभिलेख राख्नुपर्ने व्यवस्थासहित सीमा निर्धारण गरिएको छ । उनले भने, ‘यसअघि पनि विद्युतीय बिजक अनिवार्य थियो तर कारोबारको सीमा भने निर्धारण गरिएको थिएन ।’

आन्तरिक राजस्व विभागले आयकर ऐन र मूल्य अभिवृद्धि कर ऐनको व्यवस्थाबमोजिम करदातालाई विद्युतीय बिजक जारी गर्न र त्यसको अभिलेख राख्न भनेको छ ।

प्रकाशित मिति: Nov 14, 2018

प्रतिक्रिया दिनुहोस्