Logo
१२ बैशाख २०८१, बुधबार
(November 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास

काठमाडौँ : अन्तर्राष्ट्रिय सहायतामा पारदर्शिताको प्रयास नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श समूहको वार्षिक बैठक राजधानीमा प्रारम्भ भएको छ ।

तीनदिनसम्म जारी रहने बैठकमा विश्वका सबै क्षेत्रका सरकारका प्रतिनिधि, विकासका साझेदार, नागरिक समाजका सङ्घसङ्गठन र सञ्चारकर्मी गरी एकसय ५० भन्दाबढी विदेशीले भाग लिइरहेका छन् ।

बैठकको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक स्रोत परिचालनमा बाह्य सहायता परिपूरक हुनुपर्नेमा जोड दिँदै त्यस्तो सहयोगले आन्तरिक स्रोतको क्षमता अभिवृद्धिमा योगदान हुनुपर्ने बताउनुभयो । बाह्य सहायतामा निर्भर हुने अवस्थाको अन्त्य हुने वातावरण अन्तर्राष्ट्रिय स्रोत र साधनको परिचालनबाट हुनुपर्ने विचार व्यक्त गर्दै मन्त्री खतिवडाले विकास सहायताका निम्ति उपयोग गरिने स्रोत साधनले परिणाम दिनैपर्छ भन्नुभयो ।

पारदर्शिताबाटै जवाफदेहिता बढ्ने बताउँदै उहाँले सहायताको प्रभावकारिताका सिद्धान्त तथा पेरिस घोषणा र आक्रा कार्यसूचीको कार्यान्वयनले पनि अन्तर्राष्ट्रिय सहायताको प्रभावकारिता र परिणामलाई अधिक महत्व दिएको स्मरण गर्नुभयो ।

प्रकाशित मिति: Nov 14, 2018

प्रतिक्रिया दिनुहोस्